३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोइलाखानीमा पानी पस्दा हलेसीका भुवन घिमिरेसहित तीन नेपालीको मृत्यु



खोटाङ । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ । कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका भुवन घिमिरेसहित तीन नेपालीको ज्यान गएको हो ।

तीनै जनाको शनिबार शव फेला परेको घिमिरेका आफन्तले जानकारी दिएका छन् । अन्य दुई युवामा एक जना पाँचथर र अर्का इलामका छन् । शनिबार नै उनीहरुको दाह संस्कार गरिएको आफन्तले बताएका छन् ।

कोइला खनिरहेको बेला एक्कासी पानी पसेपछि तीन जना बेपत्ता भएका थिए । खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका थिए । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार ००:००  ८ : ०३ बजे