३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी : अरिङ्गालको टोकाईबाट तीन वर्षीया बालिकाको मृत्यु



खोटाङ । केपिलासगढी गाउँपालिकामा अरिङ्गालको टोकाईबाट तीन वर्षीय बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी प्रतिमा राईको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो । अरिङ्गालले टोकेपछि गम्भीर अवस्थामा जिल्ला अस्पताल दिक्तेल ल्याइएकी बालिकाको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

मंगलबार विहान बालिकालाई दिदिहरुसँग विद्यालय जाने क्रममा अरिंगालले टोकेको बताइएको छ । अरिंगालले टोकेपछि बालिकालाई दिउँसो जिल्ला अस्पताल भर्ना गरिएकी बालिकाको २ः३० बजे मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिमालाई पिठ्युँमा बोकेर हिँडिरहेकी अर्की बालिका पनि अरिङ्गालको टोकाईबाट घाइते भएकी छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ००:००  १२ : ३८ बजे