खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघले एकै दिन तीन वटा पशुचौपाया मारेको छ । बुधबार बेलुकी ५ बजेको समयमा स्थानीय टुर्सिउ जंगलबाट चराएर घर फर्काउदै गर्दा बाटैमा बाघले तीन पशुचौपाया मारेको स्थानीय सुवास कार्कीले बताउनुभयो ।
बाघले स्थानीय फडिन्द्र कट्वालको दुई ओटा बाख्रा र कार्कीको एउटा कोरलो गाई खाएको बताइएको छ । बाख्राको केही भाग खाएर गाई खादै गर्दा कार्की लगायतले बाघलाई भेटेका थिए । कार्कीका अनुसार गाई मारेर खादै गरेको बाघले मान्छेलाईसमेत झम्टिन खोजेको थियो । तर, हामी चार जना भएकाले बाघले मान्छेलाई केही गर्न सकेन बाघ आफैं फर्कियो ।´
गए राती बाघ गाउँमा पसेको थियो । गाउँमा केही बिगार गरेन हामिले भगायौ । कार्कीले भन्नुभयो,“ दिउँसै पशुचौपाय खाएपछि यतिबेला सो क्षेत्रमा डर, त्रास फैलिएको छ ।´´