१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिकाले दियो आठ माध्यामिक विद्यालयलाई स्मार्ट टिभी



खोटाङ । केपिलासगढी गाउँपालिकाले पालिकाभरीका आठ माध्यमिक विद्यालयका बालबालिकाका निम्ति स्मार्ट टेलिभिजन वितरण गरेको छ। सिधै ईन्टरनेट तथा डाउनलोड गरेर राखिएका शैक्षिक सामाग्री टिभीमा देखाउँदै बालबालिकालाई पढाउनका लागि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई गाउँपालिकामा बोलाएर टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कुहुडाँडा मावि फेदी, सुक्रजित मावि खार्तम्छा, राष्ट्रिय मावि बासपानी, पृथ्वी मावि बाक्सिला, जालपा मावि बाक्सिला, थर्पुडाँडा मावि सप्तेश्वर, रेणुका मावि दिप्सुङ र सुर्य मावि सुङदेललाई स्मार्ट टिभी वितरण गरिएको शिक्षा संयोजक सुरेन्द्र खनालले जानकारी दिए।

आर्थिक वर्ष २०७९÷०८० मा खरीद गरेर ल्याइएको स्मार्ट टिभी वितरण गरिएको हो । स्मार्ट टिभी केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्की, शिक्षा शाखा प्रमुख खनालले प्रअ तथा शिक्षकलाई बितरण गरेका थिए।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार ००:००  २ : ४० बजे