६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिकाको बजेट ७७ करोड ६४ लाख ८९ हजार, शिक्षालाई पहिलो प्राथमिकता



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि ७७ करोड ६४ लाख ८९ हजार बराबरको बजेट पारित गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड, वित्तीय सामान्यीकरण, विशेष अनुदान, समपूरक अनुदान र सशर्त अनुदान शीर्षकमा प्राप्त बजेट समायोजन गरेर योजना तर्जुमा समितिका संयोजक एवम् उपप्रमुख रमेशकुमार राउतले पेश गर्नुभएको बजेटलाई १३ औँ नगरसभाबाट पारित गरेको हो ।

नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै २५ करोड ७७ लाख ८० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै, कृषि तथा पशु साझेदारी कार्यक्रमका लागि  दुई करोड ४९ लाख, महिला बालबालिका तथा लक्षित वर्ग कार्यक्रमका लागि  एक करोड ४९ लाख र स्वास्थ्य तथा आयुर्वेदका लागि  एक करोड ३६ लाख ५० हजार रकम विनियोजन गरिएको उपप्रमुख राउतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर समपूरकमा  तीन करोड ६९ लाख ५० हजार विनियोजन गरेको नगरले विभिन्न वडा कार्यालय निर्माणका लागि रु दुई करोड, प्रशासकीय भवन निर्माणका लागि  एक करोड विनियोजन गरेको छ । नगर सडक निर्माणका लागि रु ५० लाख, सुरक्षित नागरिक आवास मर्मत संम्भारका लागि  ५० लाख, पर्यटन, धार्मिक तथा सँस्कृति संरक्षणका लागि ५३ लाख विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ००:००  ८ : २५ बजे