३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बराहपोखरी गाउँपालिकाले वितरण गर्‍यो कृषकलाई हाते ट्याक्टर



खोटाङ ।  बराहपोखरी गाउँपालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले मकैबाली पकेट र तरकारी बाली पकेट बिकास कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ८ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो ।

परम्परागत कृषि प्रणालीलाई यन्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले ८ जनालाई कृषकलाई प्रतिगोटा ७२ हजार मूल्य बराबरको हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख द्रोण रेग्मीले बताउनुभयो ।

गाउँपालिकाले अनुदानमा वितरण गरेको हाते ट्याक्टरले कृषकलाई परम्परागत कृषि प्रणालीलाई यन्त्रीकरण र व्यवसायीकरण गर्न ठूलो राहात पुग्ने कृषकहरु बताउँछन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ००:००  १२ : १७ बजे