३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकल्याण सामुदायिक वनमा आगलागि ७५ प्रतिशत बोटविरुवा जलेर नष्ट



खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ वुवालुङ दोवेलास्थित जनकल्याण सामुदायिक वनमा आगलागी भएको छ । सुख्खा मौसम सुरु भएसँगै वनमा आगलागी हुँदा साना तथा ठूला रुखबिरुवा जलेर नष्ट भएको वडा सदस्य फडिन्द्र श्रेष्ठले बताउनुभयो ।

सामुदायिक वनमा गए राति ८ बजेबाट डढेलो लागेको हो ।वडा सदस्य श्रेष्ठले भने, “करिव ७ हेक्टर क्षेत्रफलमा रहेको बनमा साल, सल्लो, चिलाउने, पात्ले र उत्तिस बढिमात्रमा पाइने भएकाले आगलागिबाट ७५ प्रतिशत बोटविरुवा जलेर नष्ट भएको छ।”हामीले रातभर नसुति आगो निभाउने प्रयास गरिरहेका छौं। आगलागि नियन्त्रण गर्न कसैले चासो नदेखाएको वडा अध्यक्ष लिलाकुमार चौहानले बताए ।

बनमा आगलागि भएको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय, वन कार्यालयमा खबर गरेको थिए । तर, उहाँहरुले आगो नियन्त्रणमा चासो नदिएको वडा अध्यक्ष चौहानको गुनासो छ । हालसम्म वडाकै स्थानीयको सक्रियतामा ८५ प्रतिशत आगो निभाउन सफल भएको वडा सदस्य श्रेष्ठले बताए ।

वन भन्दा पाँचसय मिटर टाढा मानवीय वस्ति रहेका कारण हावाहुरीका कारण आगो उडाएर मानवबस्तितिर पुग्ने सम्भावना प्रवल रहेको स्थानीयवासीले बताएका छन्।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार ००:००  ८ : ३५ बजे