२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल नेत्र ज्योति सङ्घ : पत्रकार राई सम्मानित



खोटाङ । नेपाल नेत्र ज्योति सङ्घ खोटाङले पत्रकार दमन राईलाई सम्मान गरेको छ । बुधबार दिक्तेलजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको सङ्घको पाचौँ जिल्ला सभा तथा अधिवेशनमा सङ्घले राईलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घका केन्द्रिय महा-सचिव भरतबहादुर चन्द, विशिष्ट अतिथि प्रदेश सभापति एवम् केन्द्रीय उपाध्यक्ष श्यामसुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्रले पत्रकार राईलाई सम्मान गर्नु भएको हो ।

आँखा सेवाका महत्वपुणर् पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पुर्‍याउन खेलेको महत्वपुणर् भूमिकाको उच्च मुल्याङ्कन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो ।

वि.संं. २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई नेपाल वाइड डटकममा सम्पादक, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबर डटकममा जिल्ला सम्वाददाताकारूपमा कार्यरत छन् । सम्पादक राई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका निर्वतमान अध्यक्ष हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ००:००  ९ : १० बजे