५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीमा नछुङ (धामी)मार्फत च्यास्मिटार वडा कार्यालय भवन शिलान्यास



खोटाङ ।  किराँती संस्कार अनुसार हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयको भवन नछुङ (धामी)मार्फत हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई र उप-प्रमुख रमेशकुमार राउतले भवनको शिलान्यास गर्नुभएको हो ।

चालु आर्थीक वर्ष २०७९÷०८० को बजेटबाट ४ वटा वडा कार्यालयका भवनहरु निर्माण हुँदैछन् । १ करोड ९ लाख ७९ हजारमा वडा-१ बाहुनीडाँडा वडा -२ डिकुवा र वडा-३ च्यास्मिटारको भवन निर्माणको जिम्मा ओजास निर्माण सेवा ललितपुरले लिएको बताइएको छ । तीन वटै वडाको १ तले आरसिसि भवन निर्माण हुने नगरपालिकाले जनाएको छ ।

यस्तै, वडा -७ महादेवस्थानको २ तले आरसिसि भवन निर्माणका लागि ५४ लाख ९८ हजारमा ब्रोदर्स युनाइटेट कन्ट्रक्सन निर्माण कम्पनीले ठेक्का लिएको नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख विजय विश्वकर्माले बताउनुभयो ।

नगरपालिकाको बजेटबाट निर्माण हुन लागेका वडा कार्यालयका भवनहरु यहि आर्थीक वर्ष अर्थात असार मसान्तसम्ममा निर्माण सम्पन्न गरी सक्नु पर्ने बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ००:००  ९ : ४१ बजे