२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला कारागार खोटाङ : ४४ जना कैदीबन्दीले गरे मतदान



खोटाङ । खोटाङमा ४४ कैदीबन्दीले मतदान गरेका छन्। जिल्ला कारागारमा रहेका कैदीबन्दीले आइतबार प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गरेका हुन्।
कैदीबन्दीका लागि मतदान गर्न कारागारमा अस्थायी मतदान केन्द्र बनाईएको थियो। मतदान गर्र्नेमा सबै पुरुष कैदीबन्दी छन्। कारागारमा कार्यरत दुई जना कर्मचारीले पनि मतदान गरेका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान बिहान ९ बजे सकिएको थियो।

यसैगरी, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांई, मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु गिरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसी खोटाङका डिएसपी श्याम रावत र सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले पनि जिल्ला समन्वय समितिको अस्थायी मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान गर्नुहुंदै प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांई ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार ००:००  ६ : ०७ बजे