८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा एमालेको जनलहर एकै दिन इन्द्रेणी पोखरीमा ५१ जना एमाले प्रवेश



खोटाङ । खोटाङमा नेकपा (माओवादी) केन्द्रका पुर्व केन्द्रीय सदस्य जयकुमार राई र नेपाली कांग्रेसका उप-सभापती हरि खड्का एमालेमा प्रवेश गर्नुभएको छ । बुधवार खोटेहाङ गाउँपालिकास्थित इन्द्रेणीपोखरीमा आयोजित नेकपा (एमाले) को वृहत् चुनावीसभामा नेपाली कांग्रेसका खोटेहाङ गाउँपालिकाका उपसभापति खड्का र माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य राई  एमाले प्रवेश गर्नुभएको हो ।

यस्तै, नेपाली कांग्रेसका पुर्व गाविस सभापती पदमकेशर राई र तरुणदल जिल्ला सदस्य भाविराज राई (तेजप्रसाद ) सहित एकै दिन ५१ जना एमाले प्रवेश गरेका  हुन् ।

नवप्रवेशिलाई स्वागत गर्दै प्रदेशसभा `ख´ का उम्मेदवार रामप्रसाद दंगाल तस्वीर सौजन्य : खेमराज राई

नवप्रवेशिहरुलाई  नेकपा (एमाले) का निर्वतमान प्रमुख सचेतक एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराई र प्रदेशसभा `ख´ का उम्मेदवार रामप्रसाद दंगालले फुलमाला साथै अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

नवप्रवेशिलाई स्वाग गर्नुहुदै प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराई तस्वीर सौजन्य : खेमराज राई

नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने एमाले खोटाङका उपसचिव एवम् निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर -२ का संयोजक दीपनारायण रिजालले बताउनुभयो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ००:००  ५ : ४२ बजे