५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीमा एकै दिन १८ जना एमाले प्रवेश



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेस र माओवादी परित्याग गरी १८ जना (एमाले)प्रवेश गरेका छन् ।मंगलबार हलेसी तुवाचुङ नगरपालिका- ७ हलेसी मन्दिरकाे प्राङ्गणमा भएकाे एमालेको वृहत चुनावी आमसभामा कांग्रेस र माओवादी पार्टीमा क्रीयाशिल १८ जना प्रवेश गरेका हुन् ।

नवप्रवेसिहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार, एमाले संसदीय दलका निर्वतमान प्रमुख सचेतक एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले फुलमाला लगाएर स्वागत गर्नुभएको हो ।

नवप्रवेशिलाई याेग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिने (एमाले) खाेटाङका सचिव कुमार आचार्यले जानकारी बताउनुभयो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ००:००  ३ : ३५ बजे