५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिका : सार्वजनिक विदाका दिन रोपिए फुल तथा बोटबिरूवा



खोटाङ,२८ साउन । खोटाङको साकेला गाउँपालिकाले फुल तथा बोटबिरूवा रोपेको छ । शुक्रबार रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदाको दिनलाई सदुपयोग गर्दै कार्यालय परीषरमा रहेको गार्डेन र मानेभञ्ज्याङ बजार आसपासका क्षेत्रमा फुल तथा बोटबिरूवा रोपेको हो ।

साकेला गाउँपालिका अध्यक्ष रवीप्रकाश राईको नेतृत्वमा उपाध्यक्ष बीर्शिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायतको उपस्थितिमा कार्यालय परिसरमा रहेको गार्डेन र मानेभञ्ज्याङ बजार आसपसमा करिव ६०० भन्दा बढी विभिन्न किसिमको फुल तथा बोटबिरूवाहरू रोपिएको साकेला गाउँपालिकामा कार्यरत खरिदार सुवास राईले जानकारीदिनुभयो।

सार्वजनिक विदाका दिन फुल तथा बोटबिरूवा रोप्दै अध्यक्ष रवीप्रकाश राई लगायत पालिकामा कर्मचारी

फुलहरू गाउँपालिकाले सामुदायिक वन खोटाङका अध्यक्ष राजेन्द्र राईको सहयोगमा काठमाडौँबाट ल्याएर वृक्षरोपण गरिएको जनाइएको छ । साकेला गाउँपालिकाका अध्यक्ष राईको नेतृत्वमा फोहोरमैला व्यवस्थापन तथा सरसफाई गर्ने कार्यक्रम समेत भएको थियो । गाउँपालिकाको क्षेत्रभित्रका सार्वजनिक स्थल, विद्यालय, सामुदायिक भवन, स्वास्थ्य चौकि, बजारक्षेत्र तथा पर्यटकीय स्थलहरूमासमेत गार्डेनिङ्ग गर्दै प्रकृतिमैत्री वातावरण निर्माण गर्न नितिगत व्यवस्था गर्दै जाने र सुन्दर शान्त पर्यटकिय गाउँपालिकाको रुपमा यथासक्य चाडै स्थापित गर्ने समेत पालिका अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिकाको सडक सेरोफेरोमा वन सङ्ग सम्बन्धित माथिल्लो निकायहरुसङ्ग समेत आवश्यक पहल समन्वय र सहकार्य गरी पुन: बोटबिरुवाहरू थप आपूर्ति गर्ने लक्ष्यका साथ अगाढी बढाइएको छ । यस्तै, गाउँपालिकाको मुख्य सडक र अन्य शाखा सडकहरुलाई दीर्घकालीन हरित सडकको अवधारणा ल्याई हरित सडक निर्माण गर्न आवश्यक पहल गरिने बताइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार ००:००  ७ : ५१ बजे