२४ माघ २०८१, बिहिबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला : चार कर्मचारी र एक सर्वसाधारणमा कोरोना संक्रमण



खोटाङ,२७ साउन । खोटाङमा कोभिड-१९ संक्रमण दर बढ्दै गइरहेको छ । साकेला गाउँपालिकाको कार्यालयमा ४८ जनाको एन्टिजेन परीक्षण गर्दा चार जना कर्मचारी र एक सर्वसाधारणमा संक्रमण पुष्टि भएको छ ।

बिहिबार गाउँपालिकाका पदाधिकारी, कर्मचारी सम्भावित लक्षण देखिएका व्यक्तिहरूको एन्टिजेन परिक्षण गर्दा पालिका अध्यक्ष रवीप्रकाश राईसहित ४३ जनाको कोभिड रिपोर्ट नेगेटिभ देखिएको साकेला गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई होम आइसोलेसनमा राखिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाबाट प्रवाह हुँदै आएको सबै प्रकारका सेवा बन्द गरिएको छैन् । अध्यक्ष राईले भन्नुभयो, “पालिकामा हुने सबै किसिमका कामहरु पहिलाको जस्तै हुने छ ।उहाँले भन्नुभयो। सेवाग्राहीलाई सेवा प्रवाहमा कुनै कमि आउन दिइने छैन् । सेवा प्रवाह निरन्तर हुने छ ।

कोरोना संक्रमितहरुको पुनः एन्टिजेन परीक्षण गर्ने र संक्रमण संम्भावित देखिएका व्यक्तिहरुको समेत एन्टिजेन परीक्षण गरेर संक्रमणलाई न्युनिकरण गर्दै जाने बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार ००:००  ५ : २५ बजे