३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्प अपडेट: भूकम्पबाट खोटाङका केहि घरमा क्षति



खोटाङ,१५ साउन । साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टरस्केलको भूकम्पले केही घरमा क्षति पुगेको छ।

गाउँपालिकाको सोहि वडा मात्तिमबिर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको साकेला-५ का वडाध्यक्ष जीवन न्यौपानेले जानकारीदिनुभयो । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको बताउनुभयो ।

हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो।आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको थियो।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार ००:००  १० : २९ बजे