३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किराना पसलमा आगो लगाई फरार बनेका अभियुक्त प्रहरीको नियन्त्रणमा



खोटाङ,१० साउन । गत साउन १ गते बिहानको राती अन्दाजी २ बजेको समयमा दिक्तेलबजारको एक पसलमा आगो लगाई फरार बनेका अभियुक्त पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भवनगैरा निवासी ५२ वर्षीया रेखा राईको किराना पसलमा आगो लगाई फरार बनेका सोही वडाको आचार्य गाउँ वस्ने २७ वर्षीय जगत कालिकोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीले घटनाको विषयमा सुक्ष्म अनुसन्धान गर्दा किराना पसलमा कालिकोटेले आगो लगाएको खुल्न आएकोले आइतबार दिक्तेलको अस्पताल चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले बताउनुभयो । पक्राउ परेका विरुद्ध अपराधिक उपद्रव(आगो लगाएको)कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट २६ लाख १६ हजार ९३० मुल्य बराबरको क्षति भएको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार ००:००  ६ : ३८ बजे