११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिका: ३४ करोड ५६ लाखको बजेट प्रस्तुत



खोटाङ,११ असार । खोटाङको साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ। शुक्रबार सम्पन्न १२ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राईले आर्थिक वर्ष २०७९/०८० का लागि चालुतर्फ ६ करोड ५७ लाख ४९ हजार ७३० र पुँजीगततर्फ पालिका स्तरिय योजना तथा कार्यक्रमका लागि ८ करोड ३९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकी छन्।

वडागत सिलिङतर्फ एकमुष्ठ १ करोड १५ लाख बिनियोजन गरिएको छ । यस्तै, सशर्ततर्फ १८ करोड ६ लाख ७९ हजार बिनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाले बसाइसराई दरलाई कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, विजुली आदिको उचित प्रवन्ध गर्ने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफुलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्ने लगायतका नीति ल्याएको छ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ००:००  ४ : ५८ बजे