खोटाङ,१५ जेष्ठ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ ठुलाछापमा नवजात शिशुको शव फेला परेको छ । खानेपानीको पुरानो ट्याङकीभित्र बोरामा बाँधिएको अवस्थामा शालनाल सहितको नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
शव परीक्षण गर्नका लागी जिल्ला अस्पताल रुम्जाटार लगीए पनि रुम्जटारमा नवजात शिशुको शव परीक्षण नहुने भएपछि टिचिङ अस्पताल काठमाण्डौ लगीएको छ ।
शिशुको हत्या गरिएको वा मृत शिशु जन्मिएपछि फालेको भन्ने बिषयमा सूक्ष्म अनुसन्धान गरिहेको जनाएको प्रहरीले जनाएको छ ।