१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाहरूले गरे धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिषर सरसफाई



खोटाङ, १५ जेठ । प्रगतीशिल युवा सञ्जाल खोटाङले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिषर सरसफाई गरेको छ । प्रगतिशील युवा सञ्जालले दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिषर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला शनिबार सरसफाई गरेको हो ।

दर्शन एवम भ्रमणका लागि मझुवागढी जाने स्थानीयले जथाभावी मिल्काएका शिशा तथा प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउलगायतका फोहोरमैला संकलन गरेर जलाइएको प्रगतीशिल युवा सञ्जालका अध्यक्ष यलम्बर राईले बताउनुभयो ।

दैनिकजसो दर्शन गर्ने र भ्रमण गर्नेको ओहोर–दोहोर हुने मझुवागढीमा फोहोरमैला उचित व्यवस्थापन हुन नसकेको अवस्थामा युवाले सरसफाई अभियान चलाएको हो । केही समयपछि पनि मझुवागढी सरसफाई अभियानलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ । सञ्जालले मझुवागढीमा लगातार दुई पटक सरसफाई गर्ने योजना अघि सारेको छ ।

गढीको स्वच्छता र सुन्दरताका लागि फोहोरमैला संकलन गर्न युवाले दुई स्थानमा बाँसको डस्बिन राखिदिएका छन् । सरसफाई अभियानमा सञ्जालमा आवद्ध १८ युवाको सहभागीता रहेको थियो । समाजमा हरेक क्षेत्रमा भएका बिकृति र बिसंगती बिरुद्ध अभियान चलाउने लक्ष्यका साथ स्थापना गरिएको सञ्जालमा जिल्लाका ५० युवा आवद्ध छन् ।

समाजका खराब कामलाई निरुत्साहित गर्दै सकरात्मक कामलाई प्रोत्साहित गर्नेगरी अभियान थालिएको सञ्जालका प्रधान व्यवस्थापक चिरन्जिवी रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ००:००  ७ : १६ बजे