५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरपालिका : रेनु दाहाल दश हजार मत अन्तरले अगाडि



चितवन,९ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिनुभएको छन् । उहाँले ४४ हजार ३०५ मत पाउँदा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाउनुभएको हो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाउनुभएको छ । विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि हुनुहुन्छ । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।

यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी, राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ००:००  ११ : २७ बजे