८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक विद्यालयहरूमा धुलोरहित कक्षाकोठा बनाउने



खोटाङ, ८ जेष्ठ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सामुदायिक विद्यालयहरूमा धुलोरहित कक्षाकोठा बनाउने निर्णय गरेको छ। नवनिर्वाचित गाउँपालिका प्रमुख लोकेन्द्र राईको पदभार ग्रहण पश्चात बसेको पहिलो बैठकले ४८ वटा सामुदायिक विद्यालयका कक्षाकोठाहरू धुलोरहित बनाउने निर्णय गरेको हो ।

सुधारिएको शिक्षाको परिकल्पना अघि सारेका छौँ। त्यो मध्ये धुलोरहित कक्षाकोठा बनाउने निर्णय गरेका हौँ।” प्रमुख राईले भन्नुभयो । विपन्न र सिमान्तकृत समुदायका लागि राहत प्याकेज कार्यक्रम पनि अगाडी सारिएको जनाइएको छ।

३० बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट गाउँपालिका प्रमुखमा एमालेका राई निर्वाचित भएका हुन्। उपाध्यक्षमा एमालेबाटै अरुणा थापा मगर निर्वाचित भएका छन्।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार ००:००  ५ : ४४ बजे