२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अधिकांश पालिकामा पुरानै अनुहार



खोटाङ, २० बैसाख । खोटाङका स्थानीय तहका ११ प्रमुख/उपप्रमुख पुःन दोहोरिनेगरी उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा निर्वाचित प्रमुख/उपप्रमुखमध्ये ४ प्रमुख र ७ उपप्रमुख अर्को कार्यकालका लागि निर्वाचित बन्न चुनावी मैदानमा उत्रिएका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा निर्वाचित बिणादेबी राई पुःन सोही पदमा दोहोरिन उम्मेद्वार बनेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट उपमेयरमा निर्वाचित बिमला राई यसपल्ट मेयर बन्ने दौडमा छिन् । एमालेबाट ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित पुष्पकला भुजेल सोही पदमा दोहोरिनेगरी चुनावी मैदानमा छिन् ।

यस्तै, केपिलासगढी गाउँपालिकाका एमालेबाट अध्यक्षमा निर्वाचित भएका कृष्णकुमार राई पुःन दोहोरिने गरी उम्मेद्वार बनेका छन् । खोटेहाङ गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चुनिएकी कविता राई यसपल्ट गाउँपालिका अध्यक्ष बन्न चुनावी मैदानमा उत्रिएकी छन् ।

एमालेबाट जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई र उपाध्यक्षमा निर्वाचित बिमला राई यथास्थानमा चुनिनेगरी चुनावमा होमिएका छन् । बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिक बञ्जरा सोही पदमा दोहोरिनेगरी उम्मेद्वार बनेका छन् भने एमालेबाट उपाध्यक्षमा निर्वाचित गोमा मगर अध्यक्षमा उक्लिन चुनावमा होमिएकी छन् ।

साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा चुनिएका अर्जुन खड्का र कांग्रेसबाट उपाध्यक्षमा चुनिएकी सरिता खड्का यथास्थानका लागि उम्मेद्वार बनेका छन् ।

३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौला, केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेबी वन, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र समला राई बाहिरिएका छन् ।
नेपाल वाइड डटकमबाट

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  २ : २१ बजे