खोटाङ,१२ वैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख र उप-प्रमुखमा नेपाली कांग्रेसले उम्मेद्वारी टुंगो लगाएको छ । नगर प्रमुखमा विमला राई र उप-प्रमुखमा रमेश राउतले टिकट पाउनु भएको कांगेसले जनाएको छ ।
उप-प्रमुख विमला यस अघि नगरपालिकाको उप-प्रमुख हुनुहुन्थ्यो भने राउत वडा -६ मंगलटारको वडाध्यक्ष हुनुहुन्थ्यो । कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेद्वारी बनाउने निणर्य गरेसँगै मनोनय दर्ताकालागि तयारी गरिएको स्रोतले जनाएको छ । हलेसी तुवाचुङमा कांग्रेसले एक्लै लड्ने निणर्य गरेको छ ।