२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस खोटाङ : दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि पार्टी कार्यालयमा तालाबन्दी



खोटाङ ,१२ वैशाख । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराईलाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाई मेयरको उम्मेदवार बनाएपछि कार्यकर्ता आन्दोलित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गलत भएको भन्दै सोमबार विहान नेपाली कांग्रेसका कार्यकर्ता आन्दोलित भएका हुन् ।

नेपाली कांग्रेस एक नम्बर प्रदेश कमिटीले दिक्तेलको नगरप्रमुखमा पोखरेलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेस जिल्ला कार्य समितीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रदेश कमिटीले पैसा, मासु रक्सिमा बिकेर सिफारिसमा नपरेको व्यक्तिलाइ नगरप्रमुखको टिकट दिएपछि कार्यकर्ता आन्दोलनमा उत्रनु परेको कांग्रेस दिक्तेल नगर कमिटीका सभापति प्रकाश श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रदेश समितिले दिक्तेलको नगरप्रमुखको टिकट तिर्थ भट्टराईलाई नदिए कडा आन्दोलन गर्ने छौँ।´´

उता, एक नम्बर प्रदेशका महामन्त्री उमेश थापाले दिक्तेलको नगरप्रमुखको टिकटमा कार्यकर्ताको असहमति भई आन्दोलन थालेकाले उक्त निर्णयमा पुन विचार गर्न प्रदेश समितिको बैठकमा छलफल भइरहेको बताउनुभएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ००:००  १० : ४१ बजे