प्रेम श्रेष्ठ
खोटाङ, ४ चैत । जिल्लाको रावा बेँसी गाउँपालिकामा पुर्व प्रध्यानाध्यापक भद्रबहादुर राई अक्षयकोष स्थापना गरिएको छ । रावा बेँसी गाउँपालिका -६ हौचुरस्थित शारदा माध्यामिक विद्यालय हौँचुरका प्रध्यानाध्यापक राईद्वारा एक लाखबढिको अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालय व्याबस्थापन समितिका अध्यक्ष विष्णुकुमार कार्कीको सभापतित्व र सोहि गाउँपालिका प्रमुख लिलानाथ निरौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । अक्षयकाेष दाता राई दश वर्ष अगाडि सोही विद्यालयमा प्र.अ हुनुहुन्थ्यो ।
अक्षयकोषको रकम १,०१,१०० (एक लाख एक हजार एक सय) रहेको छ । अक्षय काेष विद्यार्थीको शैक्षिक सुधार गर्ने उदेश्यले स्थापना गरिएको हो । अक्षयकाेषको रकमको ब्याजबाट विद्यालयको वार्षिक परिक्षामा कक्षा १ देखि १० सम्मका उत्कृष्ट अङ्क ल्याई प्रथम, द्वितीय, तृतीय र बिपन्न, जेहेन्दार एक/एक विद्यार्थी छात्र छात्रालाई पुरस्कार दिइने भएको छ ।
कार्यक्रममा सोही गाउँपालिकाका वडा अध्यक्ष यज्ञनारायण श्रेष्ठ, शिक्षा शाखा प्रमुख तिर्थराज दाहाल, वि.व्य.स. पदाधिकारीहर, शि.अ.संघका पदाधिकारीहरु, स्थानीय, शिक्षाप्रेमी, बुद्धिजिवि, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।