खोटाङ, २८ माघ । खोटाङको एक होटलमा कामदार एक कमदार कोठामा मृत फेला परेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान हलेसीस्थित सिन्धुलीगढी होटलमा काम गर्दैआएका झापाको दमक नगरपालिका-१ निवासी ४४ वर्षीय विनोदप्रसाद निरौला सुतेकै ठाउँमा मृत फेला जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बुधबार दिउँसो करिब १ बजे आराम गर्न भन्दै कोठामा गएका निरौला अवेरसम्म पनि काममा नआएपछि, बोलाउँदा नबोलेको र कोठा नखोलेपछि ढोका तोडेर हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय खोटाङमा जानकारी गरिएको होटेका सञ्चाललको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहका अनुसार “मृतकको शव बिहीबार पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । होटल कामदारको मृत्युका विषयमा हामिले थप अनुसन्धान गरिरहेका छौँ ।”