२४ माघ २०८१, बिहिबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहायक वन अधिकृतलाई मोसो दल्ने विप्लवका एक कार्यकर्ता पक्राउ



धनगढी । कैलालीको पचमुडिया सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

सहायक वन अधिकृतमाथि मोसो दल्ने भजनी नगरपालिका-९ बस्ने ३९ वर्षीय पहल पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पुनमगरलाई बुुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

गत माघ १७ गते वन अधिकृत पण्डितमाथि विप्लवका कार्यकर्ताको समूहले कार्यालयमै मोसो दलेको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको आरोपमा मोसो दलेका थिए । पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । उनले मोसो दलिएको आफ्नो फोटो फेसबुकमा सार्वजनिक गर्दै समाज रुपान्तरणको खुला बहसमा आउन चुनौती समेत दिएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार ००:००  ९ : ३९ बजे