८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्धको पहिलोडोज खोप लगाउन छुट्नुभयो की ?



लक्ष्मी अधिकारी

खोटाङ, २४ माघ । कोरोना विरुद्धको पहिलोडोज खोप लागाउन छुटेका नागरिकलाई खोप लगाउने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका १८ वर्षमाथीका नागरिकलाई जे एण्ड जे खोप यहि बुधबार सञ्चालन गर्ने भएको हो ।

कोरोना विरुद्धको पहिलोडोज खोप माघ २६ गते बुधबारका दिन लगाईने भएको स्वास्थ्य चौकी खाल्लेका कार्यालय प्रमुख सन्तोश भट्टराईले बताउनुभयो । सोमबार (आज) स्वास्थ्य चौकी खाल्लेले सामाजिक सञ्जालमार्फत एक पत्र सार्वजनिक गर्दै स्वास्थ्य चौकी खाल्लेले सार्वजनिक गरेको पत्रमा भनिएको छ, “खोप लगाउन आउदा परिचय खुल्ने परिचय-पत्र साथै उमेर खुल्ने कागजात लिएर तोकिएको स्थानमा आउन भनिएको छ ।”

यस्तै, खोप लगाउन आउदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न समेत अपिल गरिएको छ। साथै, “यो भन्दा पछाडीका समयमा पहिलो मात्रा खोप नहुनेहुँदा पहिलो मात्राको खोप लगाउन छुट्नुभएका नागरिकले अनिवार्य खोप लगाउनहुन अनुरोध गर्दछौँ ।”

खोप कार्ड बिना सार्वजनिक स्थानमा जान नदिनुका साथै सरकारी सुविधासमेत उपयोग गर्न नपाउने नीति सरकारको छ । तर, सबैजसो नागरिकलाई सरकारले खोपको व्यावस्था नगरिदिएकाले हाल धेरै जसो मासिहरु सार्वजनिक स्थानमा प्रवेश गर्नबाट बञ्चित छन् । नेपालमा जनसंख्याको ५५ दशमलब ४ प्रतशितले पहिलो र ४७ दशमलब ४ प्रतिशतले पूणर् मात्रा खोप पाएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ००:००  ६ : ५० बजे