५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको जिल्ला अधिवेशन सम्पन्न



खोटाङ । नेकपा एकीकृत समाजवादी निकट शिक्षकहरुको सङ्गठन प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा गोविन्द कट्वालको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रदेश सचिव देवराज सापकोटाले जानकारी दिनुभयो ।

शुक्रबार दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्वाल,उपाध्यक्षमा कुमार ढकाल र सरस्वती घिमिरे चयन हुनुभएको छ । सचिवमा सरोज विश्वकर्मा, उप-सचिवमा कुमार लुइटेल, कोषाध्यक्षमा जीतबहादुर थापा र सह-कोषाध्यक्षमा सुजन तामाङ चयन हुनुभएको हो ।

पार्टीका जिल्ला अध्यक्ष जलसेर राईको प्रमुख आतिथ्यता तथा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य पञ्चकुमार राईको विशेष आतिथ्यतामा सङ्गठनको जिल्ला कमिटी विस्तार गरिएको प्रदेश सचिव सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार ००:००  ३ : ३५ बजे