५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रसुती व्यथाले गम्भीर बनेकी खड्काको हेलिकोप्टरमार्फत उद्धार



खोटाङ, २५ कातिक । प्रसुती व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी १९ वर्षीया हिराराया खड्काको बिहीबार चिसापानीवाट उद्धार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभएको छ ।

प्रसुती व्यथाका कारण उनको स्वास्थ्य अवस्था गम्भिर भएको र प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार हुन नसकि थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने भनि स्वास्थ्य केन्द्रको पत्र प्राप्त भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी महिलाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारीदिनुभयो ।

खड्कालाई अत्याधिक पानी बग्ने समस्या भएको थियो । उनको अहिले प्रसुती गृह थापाथलीमा उपचार भईरहेको छ। परिवारका अनुसार उनको स्वास्थ्य अवस्था सुधार हुंदै गएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रसव व्यथाले च्यापेर स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको खण्डमा स्वास्थ्य कार्यालय तथा अस्पतालले जिल्ला प्रशासनलाई जानकारी गराएपछि प्रशासनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई सिंहदरबारलाई हेलिकोप्टर व्यवस्थापनका लागि आग्रह गर्ने गरेको छ । त्यसपछि हेलिकोप्टर आएर सुत्केरी आमा तथा नवजात शिशुको उद्धार गर्दछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ००:००  ३ : १४ बजे